संगठनात्मक स्वरुप

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। 273.67 वर्ग कि.मि. क्षेत्रफल रहेको यस भूमे गाउँपालिकाको जनसंख्या १९,८२९ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं २ खाबाङ बगरमा रहेको छ । यस गाउँपालिका अन्तर्गत वडा नं २ मा  विद्यालय श्री त्रिभूवन माध्यमिक विद्यालय खाबाङ रुकुम पूर्व रहेको छ । यस विद्यालय प्रारम्भिक बाल शिक्षा देखि कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।